कार्यालयको परिचय

March 28, 2023 प्रदीप सापकोटाद्वारा प्रकाशित

२०७१ साल देखि यातायात व्यवस्था सेवा कार्यालयको रुपमा कार्य गर्दै आइरहेको यस कार्यालय मिति २०७८/११/२७ देखि यातायात व्यवस्था कार्यालयको रुपमा स्थापना भई संचालनमा आएको हो | बन्दीपुर -१, चिसापानी, तनहुँमा कार्यालय रही संचालन हुँदै आएकोमा सेवा विस्तारको क्रममा मिति २०७९-०३-०१ देखि बन्दीपुर -४, विमलनगरमा स्थानान्तरण गरिएको हो | सेवा कार्यालयको रुपमा रहँदा सवारी साधन कर संकलन, रुटपरमिट, जाँचपास सम्बन्धी कार्य गर्दै आएकोमा हाल सवारी चालक अनुमतिपत्र वितरण/नवीकरण र सवारी साधन दर्ता/नामसारी समेतका सेवाहरू थप गरिएको छ | १५ जनाको स्थायी र २ जनाको अस्थायी दरबन्दी गरी १७ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल ५ स्थायी र ६ करार गरी जम्मा ११ जना कर्मचारी कार्यारत छन् |