नागरिक वडापत्र

यस कार्यालयबाट प्रदान गरिने सेवाहरुको विस्तृत विवरण समेटिएको नागरिक बडापत्र |

क्र.स. शिर्षक सम्बन्धित शाखा आवश्यक कागजात क्रियाहरु
1 सवारी चालक अनुमतिपत्र अनलाइन फाराम सवारी चालक अनुमतिपत्र शाखा
  • नेपाली नागरिकताको प्रमाण पत्र
  • सवारी चालक अनुमतिपत्र (थपको हकमा)
 
2 सवारी चालकको बायोमेट्रिक दर्ता सवारी चालक अनुमतिपत्र शाखा
  • नया सवारी चालकको हकमा नागरिकताको प्रमाण पत्र
  • थप गर्ने चालकको हकमा नागरिकताको प्रमाण पत्र र सवारी चालक अनुमतिपत्र
  • सम्बन्धित व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने छ
 
3 सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक/लिखित परीक्षा सवारी चालक अनुमतिपत्र शाखा
  • प्रवेश पत्र
  • परिक्षा शुल्क तिरेको रसिद
  • परीक्षार्थी स्वयम् सहभागी हुनुपर्ने छ
4 सवारी चालक अनुमतिपत्रको नवीकरण सवारी चालक अनुमतिपत्र शाखा
  • म्याद गुज्रिएको सवारी चालक अनुमतिपत्र
  • नेपाली नागरिकताको प्रमाण पत्रको सक्कल र  प्रतिलिपि
5 सवारी चालक अनुमतिपत्रको प्रतिलिपि सवारी चालक अनुमतिपत्र
  • सवारी चालक अनुमति पत्र नविकरणको निवेदन
  • म्याद गुज्रेको सवारी चालक अनुमतिपत्र
  • नेपाली नागरिकताको प्रमाणपत्र
  • झुत्रो भएको सवारी चालक अनुमति पत्र
  • हराएको खण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सिफारिस पत्र
6 सवारी साधन दर्ता प्रमाण पत्र (ब्लुबुक) नवीकरण राजस्व शाखा
  • सवारी साधन दर्ता प्रमाण पत्र
  • विमा सम्बन्धी कागजात
  • चालु आ.व.को सवारी साधन कर तिरेको रसिद
7 सवारी साधन दर्ता प्रमाण पत्र (ब्लुबुक) प्रतिलिपि सवारी साधन दर्ता शाखा
  • निवेदन
  • झुत्रो वा च्यातिएको दर्ता प्रमाणपत्र
  • सवारी साधनको विमा सम्बन्धी कागजपत्र
  • चालु आ.व.को कर तिरेको रसिद
  • ट्राफिक कार्यालयको सिफारिस पत्र
8 रुट इजाजत पत्र जारी तथा नवीकरण रुट इजाजत तथा प्रशासन शाखा
  • बाटो इजाजत पत्रको निवेदन
  • सवारी जाँचपासको प्रमाण पत्र
  • यातायात क्षेत्रको पन्जिकरण कागजात
  • चालु आ.व.को कर तिरेको रसिद
  • सवारी दर्ता प्रमाण पत्र
9 रुट इजाजत पत्रको प्रतिलिपि रुट इजाजत तथा प्रशासन शाखा
  • निवेदन
  • झुत्रो वा च्यातिएको रुट इजाजत पत्र
  • म्याद कायम रहेको विमा सम्बन्धी कागजात
  • चालु आवको कर दाखिला गरेको रसिद
  • सवारी दर्ता प्रमाणपत्र
  • जिल्ला ट्राफिक कार्यालयको सिफारिस पत्र
 
10 नयाँ जांचपास तथा नवीकरण प्राविधिक शाखा
  • सवारी जाँचपासको निवेदन
  • जाँचपास गर्नुपर्ने सवारी साधन
  • चालु आ.व.को कर तिरेको सवारी साधनको दर्ता प्रमाणपत्र
  • नविकरणको लागि पुरानो जाँचपास प्रमाणपत्र